यस वर्ष दसैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने
काठमाडौं । यस वर्ष दसैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा यस वर्ष दसैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय गरेको हो ।
आन्दोलनपछि लगाएकाे कर्फ्यु हटेपछि तीन अघिदेखि टिकट काटेर सेवा सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको बताइन्छ । सरकारले यसअघि सधैं दसैंमा घर जाने सर्वसाधारणका लागि अग्रिम टिकट खुलाउँदै आएकाे थियाे ।