बन्दीपुर केवलकारको आईपीओ बाँडफाँड, ४ लाख ३४ हजारले पाए सेयर

काठमाडौं ।  सोमबार बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता सेयर गत भदौ ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सो सेयरमा कुल २४ लाख २२ हजार १७७ जनाले २ करोड ७६ लाख ३७ हजार ७२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख २२ हजार १७७ आवेदन स्वीकृत भएको थियाे ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँ गरिएको छ । जस अनुसार ४ लाख ३४ हजार १०८ सय आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेको बिक्री प्रबन्धकले जनाएको छ ।