अर्थमन्त्री खनालको पहिलो निर्णय- टुक्रे आयोजना कार्यान्वयन नगर्ने, स्वकीय सचिवालय नराख्ने
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।
मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’ पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे ।
खनालले स्वकीय सचिवालय नराख्ने बताए । गाडीमा हिँड्दा आफूले फोनमा कुरा गर्नुपर्ने भएकाले एक सवारी चालक भए पुग्ने उनको भनाइ छ ।