अर्थमन्त्री बने रामेश्वर खनाल, उर्जा मन्त्रीमा कुलमान र ओमप्रकाश गृहमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वअर्थ सचिव समेत रहेका अर्धविज्ञ रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।
त्यसैगरि नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई तीन ओटा मन्त्रालयको जिम्मेवारी सुम्पेकी छन् । उर्जा, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अबदेखी घिसिङले सम्हाल्ने छन् ।
त्यसैगरि कार्की नेतृत्वको अन्तरिम सरकारमा ओम प्रकाश अर्यालले गृह मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी लिने छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकार बनेर काम गरेका अर्यालले गृह र कानून दुई ओटा मन्त्रालय सम्हाल्ने छन् ।
सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ गराए । सपथलगत्तै उनीहरुले सम्वन्धित मन्त्रालयमा गएर कार्यभार सम्हाल्ने बताइएको छ ।
जेनजीको आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएपछि शीतल निवासको परिसरमा टेन्ट राखेर मन्त्रीहरूको शपथ ग्रहणको व्यवस्था मिलाइएको छ । योसँगै मन्त्रिपरिषद चार सदस्यीय भएको छ ।