युरो र पाउण्ड बढ्दा स्थिर अमेरिकी डलर, आज कुन विदेशीको मुद्राको भाउ कति ?
काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ बढेको छ ।
आज १ अमेरिकी डलरको खरिद दर १४०.९५ रुपैयाँ रहँदा बिक्री दर १४१.५५ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो । यस्तै, १ युरोको खरिद दर आज १६५.३९ रुपैयाँ कायम भएको छ। बिक्री दर १६६.०९ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १६५.३० रुपैयाँ र बिक्री दर १६६.०० रुपैयाँ थियो ।
आज १ पाउन्ड स्टर्लिङको खरिद दर १९१.१० रुपैयाँ र बिक्री दर १९१.९१ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १९१.०५ रुपैयाँ र बिक्री दर १९१.८६ रुपैयाँ थियो ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।