अर्थ मन्त्रालयअन्तर्गत भुक्तानी प्रणाली सञ्चालनमा, जान थाल्यो सरकारी कर्मचारीको तलवभत्ता

भुक्तानी प्रणाली नियमित भएसँगै सबै प्रकारका खर्च गर्न मातहतका निकायलाई सहज भएको छ। अब कर्मचारीको तलबदेखि अन्य खर्च गर्न अप्ठ्यारो हुने छैन ।

काठमाडौं। अर्थ मन्त्रालयअन्तर्गत सबै भुक्तानी प्रणाली सुरु भएको छ । महालेखा परीक्षकको कार्यालयले आइतबार अपराह्नबाट सबै भुक्तानी प्रणाली सञ्चालनमा आएको जनाएको छ । अर्थ मन्त्रालय मातहतका सबै काम नियमित हुन थालेका छन् ।

भुक्तानी प्रणाली नियमित भएसँगै सबै प्रकारका खर्च गर्न मातहतका निकायलाई सहज भएको छ। अब कर्मचारीको तलबदेखि अन्य खर्च गर्न अप्ठ्यारो हुने छैन ।

सरकारी कार्यालयले नियमित सेवासँगै मर्मत सम्भार, पुनर्निर्माण लगायतमा खर्च गर्नुपर्ने देखिएको छ । जेनजीको आन्दोलनका क्रममा सिंहदरबार परिसरमा रहेको अर्थ मन्त्रालयमा आंशिक क्षति पुर्‍याइएको छ । नेपालगन्ज र भैरहवाजस्ता ठूला भन्सार कार्यालयले ठूलो क्षति बेहोरेका छन् ।

आन्तरिक राजस्व विभाग अन्तर्गत विभिन्न स्थानमा रहेका करदाता कार्यालय र करदाता सेवा कार्यालयमा पनि नोक्सान पुर्‍याइएको छ । भवनमा क्षति पुगेका कार्यालयले परिसरबाट सेवा दिन थालेका छन् ।