दसैंका लागि सुकिला नोट सटही सुरू, कहाँ–कहाँ साट्न सकिन्छ ?

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिनेछ ।

काठमाडौं । आजबाट दसैंका लागि सुकिला नोट सटही हुन थालेको छ । भदौ २९ गतेबाट असोज १० गतेसम्म सुकिला नोट सटही गरिने भएको हो ।

सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक एक बण्डल गरी कुल १८ हजार ५०० रुपैयाँ बराबरको नोट साट्न पाउनेछन् । यसपटक ५ रुपैयाँ दरका मात्रै नयाँ नोट छन् भने अन्य सबै सुकिला नोट सट्न पाइनेछ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिनेछ ।

यसैगरी, अधिकांश वाणिज्य बैंकहरूले पनि सुकिला नोट सटही सुविधा दिइरहेको छन् । दसैंका बेला राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने भए पनि विगत केही वर्षदेखि भने सुकिला नोट मात्रै सटही गर्दै आएको छ ।