जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा, परिवारलाई १०-१० लाख, घाइतेहरूकाे निःशुल्क उपचार
काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले सहिद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।
यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् । उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १ सय ३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
घाइतेहरुको सरकारले निशुल्क उपचार व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।