राष्ट्र बैंकले १२० करोड मुद्दती निक्षेपमा लगानी गर्ने, भदौ ३० सम्मको समय दिएर बैंकहरुसँग माग्यो निवेदन

तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँबराबरको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्ने भएको छ ।

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ। केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्नेछ ।

बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरि आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।