सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति, संसद विघटन हुने
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बेलुकी सरकार प्रमुख बनाउने र संसद विघटन गर्ने गरी सहमति जुटेको छ ।
शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।
कार्कीलाई सरकारको नेतृत्व सुम्पिने र प्रतिनिधिसभा विघटन गर्ने सहमति भएको हो ।
कार्कीको अहिले साँझ ९ बजे शपथ गराउने तयारी छ ।
अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेका छन् ।