जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, जलेर १८ जना

काठमाडौं । प्रदर्शनमा गोली लागेका, विभिन्न झडप र जलेर गरेर अहिलेसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको छ

नेपाल प्रहरी का अनुसार प्रहरीसहित ५१ जनाको मृत्यु भएको हो । जसमा २१ जना प्रदर्शनमा गोली लागेर मृत्यु भएका छन् भने  १८ जनाको शव विभिन्न जलाइएका घरभित्र भेटिएको छ।

प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार ९ जना भने विभिन्न कारागारमा कैदीबीच झडप हुँदा मृत्यु भएको हो । रामेछाप, धादिङ र बाँके कारागारमा झडप हुँदा ९ जनाको मृत्यु भएको थियो ।

देशभर भएको घटनामा मृतकको संख्या बढ्दो छ । प्रदर्शनकारी उग्र हुँदै तोडफोड र आगजनीमा उत्रिँदा थप मानवीय क्षति बढिरहेको छ ।

प्रहरीमाथि सार्वजनिक र निजी सम्पत्ति जलाउने खोजेर पक्राउ गर्नुपर्ने दबाब बढेको छ।।