जेनजी आन्दोलन: काठमाडौं महानगरमा तीन दिन विद्यालय बन्द, शैक्षिक संस्थाहरुको दुई दिने शोक बिदा

प्रदर्शनका क्रममा सोमबार रातीसम्म १९ जनाको मृत्यू र ३४७ जना घाइने भएका छन् ।

काठमाडाैं । काठमाडौं महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

 जेन–जीको आन्दोलनका कारण असहज स्थिति भएपछि महानग।रले मंगलबारबाट तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सोमबारको जेन–जीले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा सोमबार रातीसम्म १९ जनाको मृत्यू र ३४७ जना घाइने भएका छन् । 

यसैबीच एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।