जेनजी प्रदर्शनको विषयमा छानबिन गर्न समिति बनाउने सरकारको निर्णय, १५ दिनको समय
देशभर १९ जनाको मृत्यु, ३४७ घाइते
काठमाडौं । जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ । छानविन समितिको संयोजक र सदस्य को बनाउने भन्ने टुंगो लागिसकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार जेनजीहरूको प्रदर्शनबाट मृतकको संख्या १९ पुगेको छ ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।