राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको चारैतिर आसपास कर्फ्यू आदेश जारी
काठमाडौँ । काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारीसँगै महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरिएको छ । यस अवधिमा तोकिएको सीमाभित्र कुनै पनि व्यक्तिले आवत जावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउनेछैनन् । प्रशासनले कर्फ्यू उल्लंघन गर्नेलाई आवश्यक कानुनी कारबाही गर्ने बताएको छ । जेन जीको आन्दोलनले ठुलो रुप लिएपछि यसअघि बानेश्वर क्षेत्र आसपास कर्फ्यू आदेश जारी भइसकेको छ ।