अमेरिकी डलरको भाउ स्थिर रहँदा बढ्यो युरो र पाउन्ड स्टर्लिङ, अरु विदेशी मुद्राको भाउ कति ?

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ बढेको छ । आज १ अमेरिकी डलरको खरिद दर १४०.९३ रुपैयाँ रहँदा बिक्री दर १४१.५३ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो ।

यस्तै, १ युरोको खरिद दर आज १६५.१६ रुपैयाँ कायम भएको छ। बिक्री दर १६५.८६ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १६४.६६ रुपैयाँ र बिक्री दर १६५.३६ रुपैयाँ थियो ।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १९०.३९ रुपैयाँ र बिक्री दर १९१.२० रुपैयाँ रहेको छ । हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८९.९२ रुपैयाँ र बिक्री दर १९०.७३ रुपैयाँ थियो ।

स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १२ पैसा र बिक्रीदर २२ रुपैयाँ २१ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८ रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४६३ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६७ रुपैयाँ ६२ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।