कामना सेवा विकास बैंकको साढे १५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चित नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको साढे १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कामना सेवाको आइतबार बसेको सञ्चालक समिति बैठकबाट १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (करसमेत) गरी १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी १९औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । योसँगै कामना सेवा लाभांश घोषणा गर्ने पहिलो विकास बैंकसमेत भएको छ । गत वर्ष बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।