नेप्से ११.५२ अंक घटेर २७०८.२५ विन्दुमा , ४ अर्ब ४० कराेड २७ लाखको काराेबार

साताकाे पहिलो दिन आज आइतबार नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ विन्दुमा झरेको छ ।

सेयर बजारका विभिन्न सेक्टरका ७९ वटा कम्पनीको सेयरमूल्य बढेको छ । जसमा आज हिमस्टार उर्जाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, युनिभर्सल पावर कम्पनीको ५.१२ प्रतिशत, समृद्धि फाइनान्सको ३.५१ प्रतिशत लगायतका विभिन्न कम्पनीहरुका ऋणपत्र र फण्डहरुको सेयर मूल्यमा हरियाली छाएको छ । ७९ कम्पनीको भाउ बढेको छ।

पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.६२ प्रतिशतले घटेको छ।

बजारमा ४ अर्ब ४० करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । युनियन हाइड्रोपावरको सर्वाधिक २९ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, नेपाल रिइन्स्योरेन्सको २७ करोड ४६ लाख र एभरेष्ट बैंकको २२ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।