नेपाल कुरियर सेवा संघको अध्यक्षमा अनिल राजभण्डारी
काठमाडौं । नेपाल कुरियर सेवा संघको अध्यक्षमा अनिल राजभण्डारी चयन भएका छन् । संघको ३१ औं वार्षिक साधारणसभाले राजभण्डारीको अध्यक्षतामा १७ सदस्यीय कार्यकरिणी समिति तथा ७ सदस्यीय प्रदेश पदेनसमेत गरी २४ सदस्यीय कार्यकरिणी समिति गठन गरेको हो ।
समितिको निवर्तमान अध्यक्षमा दुर्गाप्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्षमा सञ्जय मण्डल र उपाध्यक्षमा क्रमशः राजकुमार सामरी र तीलराज खतिवडा चयन भएका छन् । त्यस्तै, महासचिवमा कृष्णप्रसाद नेपाल, उपमहासचिवमा किरण थापा, कोषाध्यक्षमा प्रकाश सुवेदी, सचिवमा लक्ष्मण घिमिरे चयन भएका छन् भने सहकोषाध्यक्षमा मीना आचार्य छन् ।
संघका अनुसार केन्द्रीय सदस्यहरुमा क्रमशः मीना आचार्य, सौरभ मैनाली, रणदिप जंग रायमाझी, टंक मणी खरेल, खोट राज सुवेदी (माधव), रवीन्द्र कार्की, निशा आचार्य र प्रकाश राउत छन् ।
साथै, प्रदेशतर्फको केन्द्रीय कार्यसमितिका पदेन सदस्यहरुमा कृपा नारायण चौधरी (कोशी प्रदेश), भरतप्रसाद अधिकारी (मधेश प्रदेश), अर्पण बाबु सुवेदी (बागमती प्रदेश), रामचन्द्र पौडेल ‘रामु’ (गण्डकी प्रदेश), श्रीधर पोखेल (लुम्बिनी प्रदेश), कृष्णप्रसाद अधिकारी (कर्णाली प्रदेश) र अनिल चौधरी (सुदूर पश्चिम प्रदेश) छन् ।
सो कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कुरियर सेवा सञ्चालनमा देखिएका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा काम गर्ने बताए ।