रोकिएन सुनचाँदीले नयाँ रेकर्ड बनाउने क्रम, सुन ताेलाकै २,१२,००० पुग्यो

आइतबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम राेकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आज कायम सुनको मूल्य हालसम्मकै उच्च हो । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो । गत शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । गत शुक्रबार तोलाको २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।