आरबिबि फोकस ४० को इकाई खरिद गर्ने समय थपियो
आबिबि मर्चेन्ट बैंकिङ्गले आफ्नो व्यवस्थापनमा गत भदौ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिने अवधि थप गरेको छ ।
आरबिबि मर्चेन्टले निष्काशनमा ल्याएको प्रतिइकाई १० रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई खरिदका लागि अब असोज १ गतेसम्म आवेदन दिन सकिने छ।
आरबिबि फोकस ४० मा न्यूनतम १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।