एच एन्ड बी डेभलपमेन्ट बैंक घोटालामा १२ करोड जरिवाना र १० वर्ष कैद सजाय तोकिएका दुई व्यक्ति पक्राउ
काठमाडौं । बैंक घोटाला प्रकरणमा करिब १२ करोड जरिवाना र १० वर्ष कैद सजाय तोकिएका दुई व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानरपालिका–१४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठ छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनीहरू एच एन्ड बी डेभलपमेन्ट बैंक घोटाला प्रकरणका दोषी रहेको प्रहरीले बताएको छ । प्रधानलाई ९ करोड २१ लाख ५० हजार जरिवाना र ७ वर्ष कैदको फैसला भएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । त्यसैगरी श्रेष्ठविरुद्ध २ करोड ५० लाख जरिवाना र ३ वर्ष कैदको फैसला भएको थियो । लामो समयदेखि उनीहरू फरार हुँदै आएका थिए ।