संसदीय सुनुवाइ समितिको सभापति चयन गरिँदै, आज साँझ बस्दैछ बैठक

विज्ञापन
ncell

समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि खाली भएको सुनुवाइ समितिको सभापति चयनका लागि आज बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ ।

कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा साँझ ५:१५ बजे बस्नेगरी निर्धारण समय भएको छ । बैठकमा सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।

समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि खाली भएको सुनुवाइ समितिको सभापति चयनका लागि आज बैठक बोलाइएको सूचनामा उल्लेख छ ।