संयुक्त उर्जाले आईपीओ ल्याउने, निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

संयुक्त उर्जाले म्याग्दी जिल्लाको रघुगंगा गाउँपािलकामा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन सुरु गरिसकेको छ ।

काठमाण्डौ । संयुक्त उर्जा लिमिटेडले ४१ करोड ६० लाख रकमबराबरको बराबरकाृ ४१ लाख ६० हजार कित्ता सेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको छ । सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।  

बिहीबार लक्ष्मी सनराइजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र संयुक्त उर्जाका तर्फबाट प्रबन्ध संचालक गोपाल प्रसाद निउरेले यससम्वन्धी सम्झौतामा हस्ताक्षर गरे ।

संयुक्त उर्जाले म्याग्दी जिल्लाको रघुगंगा गाउँपािलकामा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन सुरु गरिसकेको छ ।