सतर्क हुनुहाेस् ध्वनि प्रदूषण गर्नुभयो भने हुन सक्छ ३ लाखसम्म जरिबाना !

काठमाडौं । काठमाडौं प्रहरीले उर्दी जारी गर्दै शहरवासीहरुलाई ठूलो आवाज आउने खालका क्रियाकलापहरु नगर्न सतर्क गराएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान अन्तरगत यस्तो उर्दी जारी गरेको हो ।

५ वटा मुख्य शीर्षक र अनेकन उपशीर्षकमा कार्यालयले ध्वनि र प्रदूषण नियन्त्रणका लागि विभिन्न सल्लाह दिएको छ । राति अनावश्यक आवाज नगर्ने शीर्षकमा कार्यालयले फोन कल गर्दा हेडफोन प्रयोग गर्न वा म्यासेजमै संवाद गर्न सुझाव दिएको छ । अबेरसम्म ठूलो स्वरले गफगाफ गर्न नहुने, भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकाल्ने, राति गेट ढक्ढकाउने र बेल बजाउने काम नगर्ने, म्इुजिक बजाएर नाचगान नगर्ने लगायतका सुझाव दिएकाे छ ।

यस्तै, बिहानको शान्ति कायम राखौं शीर्षकमा बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने कार्य नगर्न पनि भनिएको छ । गेट खोल्दा आवाज कम गर्ने, मोटरसाइकलमा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्न कार्यालयले सुझाव दिएको छ ।

यस्तै, राति अबेर शौचालय फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाउने, राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी नलगाउनसमेत भनिएको छ । कार्यालयले यस सूचनालाइ बेवास्ता गरी ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्वन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने पनि जनाएको छ ।

प्रहरीकाे सूचना यसप्रकार छ -