प्रि ओपन सेसनमा साढे २ अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रि ओपन सेसनमा साढे २ अंक घटेर बन्द भएको छ ।

बुधबार १५.६४ अंक घटेर २७२६.३३ विन्दुमा बन्द भएको नेप्से बिहीबार प्रि ओपन सेसनमा २.५१ अंक घटेर २७२३.८१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक बढेको छ ।

बिहीबार प्रि ओपन सेसनमा ३६ कम्पनीकाे ३ करोड ७१ लाख ३ हजार ३७७ रुपैयाँ बराबरको २३ हजार २७१ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ८ कम्पनीकाे मूल्य बढेको छ भने २७ कम्पनीकाे मूल्य घटेको छ ।