लगातार बढिरहेकाे सुनचाँदीकाे मूल्य आज स्थिर

काठमाडाैं । नेपाली बजारमा केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाउँदै बढिरहेकाे सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदी पनि बुधबार कायम मूल्यमा नै कारोबार भइरहेको छ। अर्थात चाँदी तोलाको २ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबार चाँदी तोलाको २ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।