नबिल ब्यालेन्स्ड फण्ड २ र ३ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले भदौ २२ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन् । यी दुबै फण्डहरुले १३–१३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।