सुनको मूल्य बढेर ताेलाकाे २,०७,९०० पुग्याे , चाँदी ताेलामा ५ रूपैयाँ घट्याे

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गइरहेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको आज पाँचाैं दिन हो ।

पछिल्ला दिनहरूमा निरन्तर रेकर्ड बनाइरहेकाे चाँदीको मूल्य भने आज सामान्य घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी ताेलाकाे २ हजार ४ सय ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको २ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च हो ।