कजारियाको नयाँ शोरुम काठमाडौंको जोरपाटीमा

काठमाडाैं । प्रतिष्ठित टाइल्स ब्रान्ड कजारियाले राजधानी काठमाडौंको जोरपाटीमा नयाँ अत्याधुनिक शोरुम उद्घाटन गरेको छ । जिएनएस ट्रेडर्सद्वारा सञ्चालित यस नयाँ शोरुमले गुणस्तरीय टाइल्सको बढ्दो मागलाई पूरा गर्दै ग्राहकलाई आधुनिक डिजाइन र उत्कृष्ट सेवा दिने लक्ष्य राखेको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद सन्तोष चालिसेले रिबन काटेर शोरुमको औपचारिक सुरुवात गरे । कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको विशेष उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको थियो ।

सांसद चालिसेले नयाँ शोरुमलाई स्थानीय बजारप्रति कजारियाको विश्वासको प्रतिबिम्ब भन्दै यसलाई काठमाडौंको आधुनिक र सुसज्जित भविष्यतर्फको ठूलो कदमका रूपमा व्याख्या गरे । त्यस्तै, निर्देशक अग्रवालले नवप्रवर्तन, टिकाउपन र ग्राहक सन्तुष्टिलाई कम्पनीको प्राथमिकता भएको उल्लेख गर्दै काठमाडौंमा सुरु गरिएको शोरुमले ग्राहकलाई नयाँ अनुभव दिने विश्वास व्यक्त गरे ।

नयाँ शोरुममा कजारियाका विभिन्न प्रिमियम टाइल्स संग्रह प्रदर्शित गरिएको छ । कम्पनीले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट सञ्चालनमा ल्याईसकेको छ, जसले ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू बजारमा उपलब्ध गराइरहेको छ ।