नेप्से घट्यो, कारोबार रकम ४ अर्बमा झर्याे

मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेर बन्द भएको छ । साेमबार १२ अंकले बढेकाे नेप्से मंगलबार १९.८९ अंकले घटेर २७४१.४७ विन्दुमा झरेको छ। मंगलबार सेन्सेटिभ इण्डेक्स २.६९ अंक, फ्लोट इण्डेक्स १.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९८ अंकले घटेको छ ।

नेप्सेसँगै मंगलबार कारोबार रकम थप खुम्चिएकाे छ। सोमबार ५ अर्ब १० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा मंगलबार ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँबराबरको १ करोड ५ लाख ३५ हजार कित्ता सेयर काराेबार भएकाे छ ।

मंगलबार हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साेमबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हिमस्यटारकाे सेयर मूल्य २६ रुपैयाँ ७० पैसा बढेर २९४ रुपैयाँ २० पैसा कायम भएको छ । यस दिन मूल्य बढेका अरु कम्पनीहरूकाे मूल्य साढे ४ प्रतिशतभन्दा कमले बढेकाे छ । मंगलबार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.४७ प्रतिशतले घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडी छ । नेपाल पुनर्बीमाकाे मंगलबार २२ करोड ७० लाख रुपैयाँबराबरको सेयर खरिदविकी भएकाे छ ।

मंगलबार नेप्सेमा वर्गीकृत १३ वटै समूह परिसूचक घटेको छ । जसमध्ये व्यापार समूह सूचक सर्वाधिक १.९७ प्रतिशते घटेको छ ।