धौलागिरी लघुवित्तको २ लाख कित्ता सेयरको लक इन अवधि सकिँदै

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको २ लाख २ हजार ५ सय कित्ता सेयरको लकइन अवधि सकिने भएको छ । संस्थापक समूहको २ लाख १ हजार र कर्मचारीहरुको १५ सय कित्ता सेयरको भदौ १९ गते लक इन अवधि समाप्त हुने भएको हो ।

संस्थाका अनुसार कम्पनी सञ्चालक समितिका पदाधिकारीहरु तथा व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले पदमा बहाल रहुन्जेल र अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म खरिद–बिक्री गर्न पाइनेछैन्।