नेपाल लाइफ इन्भेष्टमेन्टले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २ सय प्रतिशत हकप्रद निष्कासन गर्ने भएको हो ।

कम्पनीले अधिकृत पूँजी ५ अर्बलाई वृद्धि गरी १० अर्ब पुर्‍याउन हकप्रद सेयर निष्कासन गर्ने भएको हो । हकप्रद सेयर पारित गर्नेका लागि कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ ।

असोज ८ गते काठमाडौंको नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा बिहान साढे ९ बजे सभा गर्ने भएको छ ।