आर्थिक अपराध नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकहरुसँग सहकार्य गर्छ : अर्थमन्त्री पौडेल

विज्ञापन
ncell

मुलुकलाई चुनौति दिने खालका आर्थिक अपराध नियन्त्रण गर्न सरकार विश्वका कुनैपनि मुलुकसँग सहकार्य गरेर अघि बढ्न सक्षम छ ।

काठमाडौं । उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई नै चुनौति दिने खालका आर्थिक अपराध नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकसँग सहकार्य गर्न अग्रसर रहेको बताएका छन् । 

शुक्रवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले भने, ‘मुलुकलाई चुनौति दिने खालका आर्थिक अपराध नियन्त्रण गर्न सरकार विश्वका कुनैपनि मुलुकसँग सहकार्य गरेर अघि बढ्न सक्षम छ ।’

राज्यलाई नै चुनौति दिनसक्ने गरी ठूला र गम्भिर प्रकृतिका आर्थिक अपराधहरु नियन्त्रण गर्ने कर्तव्यप्रति सरकार सचेत रहेको भन्दै अर्थमन्त्री पौडेलले नेपाललाई आर्थिक रुपमा ग्रे लिष्टमा पर्न नदिने दोहो¥याए ।

‘आर्थिक अपराध नियन्त्रण र सुशासनप्रति मुलुकको कर्तव्य हुन्छ । सम्पत्ति सुद्धीकरण र आतंककारी कार्यमा वित्तिय लगानी नियन्त्रण सम्बन्धि विश्वका साझा प्रयास पनि त्यसैका निरन्तर प्रक्रिया हुन्’ अर्थमन्त्री पौडेलले भने, ‘दुनियाँकै चासो र सरोकारको विषयमा नेपाल पछाडी पर्ने कुरै हुँदैन ।’ अर्थमन्त्री पौडेलले नेपालले आर्थिक कठिनाई व्यहोरिरहे पनि समस्यामा जेलिएको अवस्था भने नरहेको दावी गरे ।