प्रधानमन्त्री ओलीद्वारा नाडा अटो शो २०२५ को उद्घाटन

विज्ञापन
ncell

प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा ‘गो फर मोर’ नाराका साथ आयोजना गरिएको प्रदर्शनीको उद्घाटन उनले गरेका हुन् ।

नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्णलाई एकै छानामुनि ल्याइएको आयोजकले बताएको छ ।

प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको नाडाले जनाएको छ । प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका ब्रान्ड र अटो पाट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीहरूको सहभागिता रहेकाे आयोजकले बताएको छ ।

एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको शोमा १ सय २५ भन्दा बढी प्रदर्शक रहनेछन् । प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स अत्याधुनिक चारपांग्रे रोबोट र डिपलको ईभीटोल यूएभी (उड्ने सवारी) छन् । भिन्टेज मोटर शोमा मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, माज्दा फेमिलिया, टोयोटा एमआर२ जस्ता ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् ।

‘मेड इन नेपाल’ प्याभिलियनमा स्वदेशमै निर्मित सवारी तथा अटो पाट्र्स देखाइएकाे छ । ईभी र स्मार्ट मोबिलिटीसम्बन्धी सेमिनार, कार्यशाला र अन्तक्रिया कार्यक्रम पनि राखिएकाे छ।