हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा
हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
भदौ २ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।