कोशी प्रदेशले सिंहदरबार वैद्यखानासँग २ करोड बढीको औषधि किन्ने, भयो सम्झौतामा हस्ताक्षर
काठमाडौं । प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा आयुर्वेदलाई बलियो बनाउने उद्देश्यका साथ कोशी प्रदेश सरकारले सिंहदरबार वैद्यखाना विकास समितिसँग औषधि खरिदका लागि सम्झौता गरेको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालको सबैभन्दा पुरानो र एक मात्र सरकारी औषधि उत्पादक सिंहदरबार वैद्यखाना विकास समितिसँग २ करोड २० लाख रुपैयाँ बराबरको औषधि खरिद गर्ने सम्झौता गरेको हो ।
यो सम्झौतासँगै सिंहदरबार वैद्यखानासँग सरकारी–सरकारी (जीटुजी) मोडलमा सिधै औषधि खरिद गर्ने कोशी देशको पहिलो प्रदेश बनेको छ ।
सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव डा। राधिका थपलिया र सिंहदरबार वैद्यखाना विकास समितिको तर्फबाट कार्यकारी निर्देशक डा. प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौताले प्रदेशभित्रका नागरिकलाई गुणस्तरीय र भरपर्दो आयुर्वेदिक औषधि सहज रूपमा उपलब्ध गराउने मार्ग प्रशस्त गरेको छ ।
चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको २ करोड २० लाख रुपैयाँ बजेटबाट मन्त्रालयले वैद्यखानाद्वारा उत्पादित २३ प्रकारका अत्यावश्यक आयुर्वेदिक औषधि खरिद गर्नेछ । यो बजेट तीन मुख्य स्रोतबाट जुटाइएको हो, जसमा आपूर्ति व्यवस्थापन केन्द्र कोशीका लागि ६३ लाख, जिल्ला आयुर्वेद अस्पतालहरूका लागि ६७ लाख र संघीय सरकारबाट प्राप्त अनुदानको ९० लाख रुपैयाँ समावेश छ ।
सिंहदरबार वैद्यखाना विकास समिति र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयबीच भएको सम्झौता निम्नबमोजिम छ :-