नेपाल बैंकको नाफा ३७७ करोड तर, वितरण योग्य नाफा अझै ४५ करोड ऋणात्मक

बैंकले इम्पेरमेन्ट चार्जको तथ्यांक संशोधन गर्दा खुद नाफामा फरक पर्न गएको हो । गत वर्ष प्रकाशित वित्तीय विवरणमा २०८१ असारमा इम्पेरमेन्ट चार्ज २ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८२ असारमा भने ४ अर्ब ७५ करोड रुपैयाँ छ ।

नेपाल बैंकको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअन्सार अघिल्लो वर्ष २ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले गत वर्ष ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

वित्तीय विवरणमा उल्लेख्य नाफा दखिएपनि नेपाल बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ । गत असारसम्म बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको तथ्यांक संशोधन गर्दा खुद नाफा वृद्धिदर १३ हजार १७५ प्रतिशत देखिएको हो छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक अपरिष्कृत वित्तीय विवरणमा बैंकको खुद नाफा १ अर्ब ६५ करोड रुपैयाँ थियो । तर, बिहीबार प्रकाशित गत वर्षको वित्तीय विवरणमा अघिल्लो वर्षको खुद नाफा २ करोड ८४ लाख रुपैयाँ मात्र छ । जसले गर्दा बैंकको नाफामा अत्यधिक बृद्धि देखिएको हो ।

बैंकले इम्पेरमेन्ट चार्जको तथ्यांक संशोधन गर्दा खुद नाफामा फरक पर्न गएको हो । गत वर्ष प्रकाशित वित्तीय विवरणमा २०८१ असारमा इम्पेरमेन्ट चार्ज २ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८२ असारमा भने ४ अर्ब ७५ करोड रुपैयाँ छ । जसले गर्दा बैंकको वित्तीय विवरणमा ठूलो परिवर्तन देखिएको छ ।

वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.०७ प्रतिशत बढेको छ । 

१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल बैंकको जगेडा कोषमा २३ अर्ब ४८ करोड रुपैयाँ छ । गत वर्षसम्म बैंकले ३ खर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।