अपि पावरले एक्वायर गर्यो दिव्य ज्योति हाइड्रोपावर
अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्राइभेट लिमिटेड कम्पनी एक्वायर गरेको छ। यससँगै सो कम्पनीले प्रवर्द्धन गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्गदी बेसी जलविद्युत आयोजना पनि अपि पावरले एक्वायर गरेको छ।
दिव्य ज्योति हाइड्रोपावरको आर्थिक् तथा प्राविधिक दृष्टिकोषबाट बैठकमा छलफल गर्दा आयोजना निर्माण तथा सञ्चालन गर्न मनासिब देखिएको हुँदा सो कम्पनी प्राप्ती गर्ने अपि पावरले निर्णय गरेको हो ।
सो कम्पनीको सम्पूर्ण सेयर खरिद गरी कम्पनीको व्यवस्थापन पूर्ण रुपमा अपि पावरको स्वामित्वमा रहने गरी कम्पनी सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।