सुनको मूल्य तोलामा सय रुपैयाँ घट्यो

साउन २८ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । यस दिन सुन प्रतितोला सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी दुई हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।