लक्ष्मी भ्यालु फण्ड २ ले प्रतिफल वितरण गर्ने
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड २ ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ ।
लक्ष्मी भ्यालु फण्ड २ ले कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
साउन १२ गते बसेको फण्डको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। फण्डको कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ ।