प्रधानमन्त्रीले गरे सुक्खाग्रस्त तराई मधेस क्षेत्रको अवलोकन
महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।
साउन ७ गते बसेको ९मन्त्रिपरिषद्० को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरे ।