दरमखोला हाइड्रो इनर्जी कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ( निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा साउन १५ गतेबाट आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्नेछ ।

कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँको १० लाख ३० हजार ५ सय कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्नेछ ।

यस्तै २ करोड ९१ लाख ९५ हजार रुपैयाँको २ लाख ९१ हजार ९ सय ५० कित्ता साधारण सेयर श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गर्नेछ । यस्तै कम्पनीका कर्मचारीहरुका लागि ५८ हजार ३ सय ९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९ सय ७५ कित्ता सेयर रहेको छ । त्यसपछि सर्वसाधारणलाई २४ करोड २३ लाख १८ हजार ५ सय रुपैयाँको २४ लाख २३ हजार १ सय ८५ कित्ता सेयर निष्कासन गर्नेछ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ, साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागअनुसार आवेदन नपरेको खण्डमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन पाउनेछन् ।