हाउल्याडरले गर्नेछ १० बैंकको स्वास्थ्य परिक्षण, लागत ४ करोड ३७ लाख

राष्ट्र बैंकले हाउल्याडरलाई कन्सल्टेन्सी कार्यका लागि मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक ६२ लाख ५४ हजार ९ सय १२ रुपैयाँ र २ लाख ७१ हजार ६ सय ७९ अमेरिकी डलर दिने गरि छनोट गरेको हो ।

काठमाडौं । नेपालमा बढी ऋण लगानी गर्ने १० वटा वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षणको जिम्मेवारी बंगलादेशी लेखापरीक्षक फर्म हाउल्याडर युनुस एन्ड कम्पनीले पाएको छ । फर्म हाउल्याडरले बढी ऋण लगानी गर्ने १० वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर (स्वास्थ्य) परिक्षण गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अब हाउल्याडरले १० बैंककका लेखापरीक्षण प्रक्रिया अघि बढाउने छ । लेखापरीक्षण गर्दा खासगरि कर्जाको गुणस्तर मूल्यांकन र खराब कर्जाको अवस्था परिक्षण गरिने छ । राष्ट्र बैंकले हाउल्याडरलाई परामर्श कार्य (कन्सल्टेन्सी) कार्यका लागि मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक ६२ लाख ५४ हजार ९ सय १२ रुपैयाँ र २ लाख ७१ हजार ६ सय ७९ अमेरिकी डलर दिने गरि छनोट गरेको हो । यो रकम प्रचलित मूल्यमा ४ करोड ३७ लाख रुपैयाँ हाराहारी पर्नेछ ।