ललितपुरको महालक्ष्मीस्थानमा पूजाआजा गर्ने भक्तजनको घुइँचो(तस्बिरहरु)

लक्ष्मी पूजाका दिन बिहानैदेखि भक्तजन मन्दिर पुगेर देवी महालक्ष्मीको दर्शन तथा पूजा आराधना गरिरहेका छन् ।

काठमाडौँ । आज हिन्दू धर्मावलम्बीहरूले धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाउँदै छन्। यस अवसरमा ललितपुरको महालक्ष्मीस्थानस्थित मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको घुइँचो लागेको छ ।

लक्ष्मी पूजाका दिन बिहानैदेखि भक्तजन मन्दिर पुगेर देवी महालक्ष्मीको दर्शन तथा पूजा आराधना गरिरहेका छन् ।