सुनको मूल्य एकैदिन ५ हजार ९ सयले घट्यो, चाँदी पनि ११० रुपैयाँ सस्तियो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ९ सयले घटेर २ लाख ८३ हजारमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ९ सयले घटेर २ लाख ८३ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला २ लाख ८८ हजार ९ सयमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि विहिबार चाँदी ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।