पत्रकार विश्वमणि सुवेदी समाचार कक्षबाट प्रहरी नियन्त्रणमा

नेपाल प्रेसमा कार्यरत सुबेदीलाई सादा पोसाकका प्रहरीले पक्राउ गरेर लगेको उल्लेख गरेको छ ।

काठमाडौँ । पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले समाचार कक्षबाट नियन्त्रणमा लिएको छ ।

सुवेदीलाई कार्यरत संस्था नेपाल प्रेसको कार्यालयबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । नेपाल प्रेसमा कार्यरत सुबेदीलाई सादा पोसाकका प्रहरीले पक्राउ गरेर लगेको उल्लेख गरेको छ ।

सुबेदीलाई साइबर ब्युरो लागिएको बताइएको छ । केही दिनअघि नेपाल प्रेसमा आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउने खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श थालेको समाचार प्रकाशन भएको थियो । सोही विषयमा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको साइबर ब्युरोका अधिकृतहरू बताउँछन् ।