एनआरएन नेताहरूद्धारा सरकारलाई डीएनए परीक्षण किट र एक करोड हस्तान्तरण
उक्त किट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत संचालनमा ल्याउने तयारी छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी उत्तम नेपालले नेपाल सरकारलाई दुई सेट डीएनए किट हस्तान्तरण गरेका छन् ।
उक्त किट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत संचालनमा ल्याउने तयारी छ ।
सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा आचार्य र नेपालले डीएनए तथा नमुना प्रशोधनका लागि आवश्यक क्यूआइएजीइएन टिस्युलाइजर–३ प्रणालीका दुई पूर्ण सेट परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै आचार्यले गत २६ अगस्टमा रसुवा, नुवाकोट लगायतका जिल्लामा आएको विनाशकारी बाढीपछि विश्वभरका गैरआवासीय नेपालीहरूले पीडितहरूको सहयोगका लागि लाखौं डलर सहयोग गरेको बताए । कार्यक्रममा सांसद विदुषी राणाले विदेशमा रहेका नेपालीहरुले देखाएको परोपकारी भावनाको उच्च सम्मान रहेको उल्लेख गर्दै विपतमा रहेको नेपाललाई विश्वभरका नेपालीहरु सहयोग आवश्यक रहेको औंल्याइन् । कार्यक्रममा सरकारका उच्च कर्मचारीहरु, संचारकर्मी र सरोकारवालाहरुको सहभागिता थियो ।