म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा
आफूले अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्ने बताइन् । उनले कुटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको बताइन् ।
काठमाडौं । श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा। मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिएकी हुन् ।
आफू आरक्षणका आधारमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताइन् । आफूले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कुटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेको बताइन्।
आफूले अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्ने बताइन् । उनले कुटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको बताइन् । सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नसक्नेमा विश्वस्त रहेको बताइन् ।