जेलियोका चार मोडलका विद्युतीय स्कुटर सार्वजनिक, घिसिङले गरे लन्च

घिसिङले विद्युतीय मोबिलिटीलाई प्रवर्द्धन गर्न आधुनिक प्रविधिमा आधारित तथा सर्वसाधारणको पहुँचमा पुग्न सक्ने सवारीसाधनको उपलब्धता आवश्यक रहेको धारणा राखे ।

काठमाडौं । भारतीय अटोमोबाइल ब्राण्ड जेलियोका चार मोडलका विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक भएका छन् । नेपालका लागि आधिकारिक बिक्रेता गो ग्रीन बिजनेस एण्ड सोलुसन प्रालिले सोमबार आयोजित कार्यक्रममा स्कुटर सार्वजनिक गरेको हो ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेलियोका विद्युतीय स्कुटरको उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले विद्युतीय सवारीसाधनको प्रयोगले वातावरण संरक्षणसँगै पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउन सहयोग पुग्ने बताए ।

घिसिङले विद्युतीय मोबिलिटीलाई प्रवर्द्धन गर्न आधुनिक प्रविधिमा आधारित तथा सर्वसाधारणको पहुँचमा पुग्न सक्ने सवारीसाधनको उपलब्धता आवश्यक रहेको धारणा राखे । उनले विद्युतीय सवारीसाधनको प्रयोग विस्तारसँगै यसको सेवा, मर्मतसम्भार र आवश्यक पूर्वाधारमा पनि ध्यान दिनुपर्ने बताए ।

नेपाली बजारमा उपस्थिति विस्तार गर्ने लक्ष्यसहित जेलियोले दैनिक आवागमनलाई सहज, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यका साथ विभिन्न मोडलका स्कुटर ल्याएको कम्पनीले जनाएको छ ।

जेलियोका स्कुटरमा मोडलअनुसार उच्च दक्षताको विद्युतीय मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, पर्याप्त स्टोरेज तथा विभिन्न सुरक्षा सुविधाहरू उपलब्ध छन् ।

कम्पनीले स्कुटर खरिद गर्ने ग्राहकका लागि आकर्षक खरिद योजना, फाइनान्स सुविधा, एक्सचेन्ज र टेस्ट राइडको व्यवस्था गरेको जनाएको छ । त्यस्तै, बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स तथा आवश्यक प्राविधिक सहयोग पनि उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

आगामी दिनमा देशका प्रमुख सहर तथा बजारमा बिक्री र सेवा सञ्जाल विस्तार गरी विद्युतीय सवारीसाधनलाई थप सहज र पहुँचयोग्य बनाउने योजना कम्पनीले अघि सारेको छ ।