सुन तोलामा ८ सय र चाँदीमा ३५ रुपैयाँले वृद्धि, मूल्य कति पुग्यो?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ सय रूपैयाँले बढेर २ लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको
८ सय रूपैयाँले बढेर २ लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९५ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रूपैयाँले बढेर ४ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी ४ हजार ४०५ रूपैयाँमा खरिदबिक्री भएको थियो ।